Sat. Apr 20th, 2024

काठमाडौं, चैत १८ । विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताका लागि नेपालबाट प्रतियोगितीहरु छनौट गरी पठाउँदै आएको ईप्लानेटले नेपालमै पहिलोपटक अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन तथा सम्वद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली सौन्दर्य प्रतियोगिताकै इतिहासमा पहिलोपटक अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको हो । जिम्माबेको सिपीती मिडियाले आयोजना गर्दै आएको यो प्रतियोगिता मिस हेरिटेज इन्टरनेशनल पहिलोपटक नेपालमा गर्नका लागि ईप्लानेटले अनुमति पाएको हो । यसको पांचौ संस्करण गतवर्ष चिनमा भएको थियो । मिस हेरिटेज इन्टरनेशनल युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि हुँदै आएको छ ।
‘यो अन्तराष्ट्रिय प्रतियोगिता नेपालको कला, संस्कृति, सम्पदा, पर्यावण तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौं’ ईप्लानेटका अध्यक्ष सन्तोष सापकोटा भन्छन् ‘यसले नेपालको अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान दिलाउन तथा विश्वसामु नेपाललाई चिनाउन र सांस्कृतिक आदान प्रदान समेत सघाउने विश्वास लिएको छु ।’ प्रतियोगितामा आयोजक मुलुक जिम्बाबे, इटाली, भारत, इजिप्ट, रसिया, मकाउ, लाटिभिया, घाना, इस्टोनिया, न्युजिल्याण्ड, कोरिया, इक्वेडर, साउथ अफ्रिका, स्वीडेन, स्लोभेनिया, फिनल्याण्ड, बहामास, जाम्बिया, बोस्टोना, सिरीया लियोन, मालि, मालवाई, तान्जिनीया, मरिसस, लेसोथो, भेनेजुयलालगायत ३० भन्दा बढी मुलुकले सहभागीता जनाउने पनि उनले जानकारी गराए । उनका अनुसार प्रतियोगिताको तयारीका लागि जिम्बाबेस्थित मुख्य आयोजक कम्पनी सिपीती मिडियाको टोली काठमाडौं आउँदैछ ।

%d bloggers like this: