Fri. Apr 19th, 2024

लन्डन, १८ चैत (एजेन्सी) । ब्रिटिस अभिनेत्री केट ब्लेन्चेट दुर्घटनाबाट बालबाल बेचेकी छन् । उनीसँगै अर्का अभिनेत्री रुनी मारा पनि थिइन् । केट र रुनी एक फिल्मको सुटिङका क्रममा कार दुर्घटनामा परेका हुन् । सो गम्भीर दुर्घटनाबाट बचेपछि केटले भनिन्, ‘बालबाल बाँचियो, नयाँजन्म पाएजस्तै लागिरहेको छ ।’ यी दुवै अभिनेत्री हिजोआज फिल्म ‘कैरोल’ को सुटिङमा व्यस्त छन् ।

एक दृश्यको फिल्मांकनमा उनीहरूले मिठाई खाँदै कार चलाउनु दृश्य थियो  सो दृश्य दिइरहेका बेला अचानक कारको ब्रेक फेल भएपछि दुर्घटना भएको थियो । कार केटले चलाइरहेकी थिइन् । दुवैलाई खासै चोट लागेको छैन ।

%d bloggers like this: