चलचित्रमा गीतसङ्गीतको महत्त्व

काठमाडौं । नेपाली चलचित्र सफल हुनुको एक महत्त्वपूर्ण कारण गीतसङ्गीत मानिन्छ । दर्शकलाई हलसम्म ल्याउन गीतसङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्ने गरेको छ । पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत गीतसङ्गीत लोकप्रिय हुने गरेको छ । प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायत चलचित्रमा गीतसङ्गीतझैँ कथावस्तुले चर्चा पाउन सकेन । प्रचारप्रसारको सशक्त माध्यम…

Read More

बुधबार आलिसानमा यश कुमारको कन्सर्ट

काठमाडौँ । गायक तथा अभिनेता यश कुमार कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिने भएका छन् । बुधबार राति ब्यान्डसहित उनको लाइभ कन्सर्ट तय भएको हो । साझ ७ बजेबाट ‘डुअर ओपन’ हुने कन्सर्टमा यशले ब्यान्डसहित आफ्ना चर्चित नयाँ–पुराना गीतहरु गाउने तयारी रहेको आलिशानका सञ्चालक राम थापाले जानकारी दिए । कन्सर्टमा यशले म कहिले हाँसेको थिएँ…,…

Read More

म्यूजिक भिडियो छायाङ्कनमा सक्रिय भीम

कन्चनपुर । पन्ध्र वर्षको उमेरमै बुबाआमा गुमाएपछि टुहुरो बनेका बझाङ खप्तड छान्ना गाउँपालिका देहलीका भीम थापा धनगढी झरे । किशोरावस्थामै अभिभावक गुमाएपछि दाजु वीरबहादुर थापाको आश्रयमा अध्ययनसँगै करिब ६ वर्ष अध्यापनमासमेत खर्चिएका थापा विगत २२ वर्षदेखि भने सुदूरपश्चिममा देउडा, आधुनिक र लोकदोहोरी गीतका साथै कुमाउँनी गीतमा म्युजिक भिडियोमा निर्देशन गर्ने पाका निर्देशक हुन् । धनगढीमै…

Read More

मलाई नेपाली गीत गाउने रहर छ : इन्डियन आइडल अमित पल

काठमाडाैँ । सन् २००७ मा गायनमा आधारित ‘रियालिटी शो’ ‘इन्डियन आइडल’ का दर्शक नेपालमा समेत बढेका थिए । किनकी उक्त ‘शो’ मा नेपाली मूलका गायक प्रशान्त तामाङ सहभागी थिए । त्यसअगाडि त्यस किसिमको सहभागिता नभएकाले गायक तामाङका कारण कार्यक्रम नेपालमा लोकप्रिय भइरहेको थियो । नेपालीले विश्वभरबाट भोट गरेर गायक तामाङलाई विजेता बनाउन सफल भए । त्यही…

Read More

फिल्म ‘जारी’को पहिलो गीत ‘चरी बस्यो’ सार्वजनिक (भिडियो)

काठमाडौं । कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’को पहिलो गीत रिलिज भएको छ । ‘चरी बस्यो’ बोलको लिरिकल गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत तथा स्वर छ । भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको नोकझोकलाई प्रस्तुत गरिएको छ । शुक्रबार रिलिज भएको फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । बैशाख १…

Read More

रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” सार्वजनिक (भिडियो)

काठमाडाैँ। पछिल्लो पुस्तामा चर्चित हुन सफल गायिका रचना रिमालको स्वरमा रहेको “जय माँ पाथीभरा” बोलको भजन भर्खरै सार्वजनिक भएको छ । पाथिभरादेवीको नाममा समर्पित गरेर तयार गरिएको भजनमा सुरेशचन्द्र दाहालको शब्द, डा भवानीशङ्खर भट्टराईको रचना तथा राजन क्षेत्रीको सङ्गीत रहेको छ । भिडियो ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको हो । दिनेश कोइरालाको अभिनय रहेको उक्त…

Read More

आत्मसमर्पण गरेको ठ्याक्कै एक वर्षपछि पल शाह रिहा

काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया…

Read More

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा थापामगर सर्वसम्मत

धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकदोहोरी गायिका रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् । हिजोदेखि धादिङको धादिङ बेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाण सर्वसम्मत भएका छन् । साङ्गठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा…

Read More

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन सुरु

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन धादिङबेँसीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरे । सो अवरमा उनले देशको सांस्कृतिक पक्षको संवर्द्धनका लागि लोक सङ्गीतको भूमिका महत्त्वपूर्ण रहेको बताए । विज्ञान र प्रविधिको विकाससँगै कला र संस्कृतिको संरक्षणमा जोड दिन प्रतिष्ठानका कलाकारलाई आग्रह गर्दै…

Read More

पहिलो नेपाली रक गायक माइक खड्काको निधन

काठमाडाैँ। नेपालका पहिलो रक गायक माइक खड्काको निधन भएको छ। वास्तविक नाम मुकुन्दकुमार खड्का भएका माइकलको ६९ वर्षको उमेरमा बिहीबार ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ। निर्देशक तथा रेडियोकर्मी प्रकाश सायमीले खड्काको निधनबाट नेपाली संगीत क्षेत्रलाई क्षति पुगेको बताएका छन्। खड्कालाई नेपालको एल्भिस प्रिस्ले भनिने गरिएको जानकारी…

Read More
Back To Top