Sat. Apr 20th, 2024

धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकदोहोरी गायिका रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् ।

हिजोदेखि धादिङको धादिङ बेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाण सर्वसम्मत भएका छन् ।

साङ्गठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल र प्रतिष्ठानको महासचिवमा शिव हमाल पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

Leave a Reply

%d bloggers like this: