ट्राफिक नियम नमान्नू ‘दीपकगिरी’(गसिप)

सामाजिक नियम नमान्नुलाई नेपालीमा दादागिरी भनिन्छ । अब ट्राफिक नियम नमानेर उल्टै बक्तब्यबाजी गर्नेलाई चाहिँ ‘दिपकगिरी’ भने हुने भएको छ । अघिल्लोे एक वर्षदेखि ‘मापसे’ले धेरैलाई आतंकित पारेको छ ।

Read More

मनोजले किन भने, ‘बिमा त गराएको छ नि !’

मनोज रिसाए, सबै दर्शक र पत्रकारहरुसरह ग्रहण गरिरहेको आसनसमेत त्यागेर उठिरहे । कलाकार संघ अध्यक्ष नवल खड्का ढिलो आए । नवललाई आसन ग्रहणका लागि बोलाएपछि मनोज रिसाएको थाहा पाएरै आयोजकले उनीलाई पनि अतिथीका रुपमा बोलायो । उनी आसन ग्रहण गर्न गएनन् । माइकनेर गएर निर्मातालाई सोधे, ‘विमा गर्नुभएको छ ?’

Read More

‘एमाले’ सुषमा

सेन्सरका पदाधिकारीको ‘बुद्धि’को उपयोग चुनाव नजिकिँदै गर्दा एमाले पार्टीले गरे हुन्छ । ब्रान्ड एम्बेसडर नै बनाइदिए पनि भो ? चुनाव चिन्ह नै ट्याटु खोपाएकाले उनीभन्दा गतिलो चुनाव प्रचारक भेटिने सम्भावना नहोला ।

Read More

स्क्रिप्ट छान्न पनि औकात चाहिन्छ

टेलिफिल्म ‘दलन’ जर्बजस्त अभिनय देखाएर अभिनेत्रीका रुपमा देखिएकी दिया मास्केले निकै कम फिल्ममा अभिनय गरेकी छिन् । तर, उनी फिल्मकर्मीले बनाउने ‘चल्तिका हिरोइन’को सूचीमा पनि पर्दिनन् । यो वर्ष उनी अभिनीत जम्मा दुइटा फिल्म रिलिज भए । दुइटै फिल्म नेपालका तर्फबाट ओस्कार अवार्डमा भाग लिन पाउने मापदण्ड भित्र पर्ने खालका परेछन् ।

Read More

सधैँ ‘ठूलो’ रोल

गाईजात्रामा दोहोरिरहने अनुहारमध्येमा पर्छन् निर्मल शर्मा। गाईजात्राकै प्रहसनका लागि अरू कलाकारका लागि दीपकराज गिरीले अनेक भूमिका बनाए। अघिल्लो वर्ष ठूलो भूमिकामा अभिनय गराएकालाई अर्काे वर्ष सानो भूमिकामा अभिनय गराए।

Read More

दुई खानको किन हुन्छ हानाहान !

गत महिना मुम्बईमा आयोजित एक पार्टीमा बलिउड अभिनेताद्वय सलमान खान र शाहरुख खानले पाँच वर्ष लामो तिक्तता भुल्दै एकअर्कालाई अँगालो हाले । पाँच वर्षअघि सलमानकी त्यतिबेलाकी गर्लफ्रेन्ड कट्रिना कैफको बर्थडे पार्टीमा दुवैले एकअर्कालाई छेडखानी गरेपछि उनीहरूबीच झन्डै हात हालाहालको स्थिति सिर्जना भएको थियो ।

Read More

बाबुरामले भने, …मेरै किन गर्नुपर्‍या’

कुरा ज्योति काफ्लेको हो। हास्य अभिनयमा रामै्र चम्किरहेका छन्, यी ज्योति। पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भूमिकामा देखिएपछि उनी चम्किएका हुन्। टेलिभिजन कार्यक्रम फन्नी न्युजमा काम गर्दा बाबुरामको क्यारिकेचर गरेपछि …मेरी बास्सै’तिर लागेका थिए। उनी बाबुरामको भूमिकामा देखिन थालेपछि सक्कली बाबुरामले घरमै बोलाएर सोधे, …मेरै किन गर्नुपर्‍या?’ त्यतिबेला प्रधानमन्त्री नभइसकेका तर खुब चर्चामा रहेका बाबुरामलाई नक्कलीले…

Read More

राजेशलाई ‘पति’ बन्ने अवसर

धेरै युवतीका सपनाका राजकुमार महानायक राजेश हमालले कसैको ‘पति’ बन्ने अवसर अहिलेसम्म पाएका छैनन् । केही समयअघि तीजको म्युजिक भिडियोमा आफ्नो पति बनाएकी अविवाहित गायिका सुनीता दुलालले मंगलवार उनलाई फेरि ‘पति’ बनाइन् ।

Read More

आफँैलाई व्यंग्य

महिला पात्र भएर व्यंग्य गर्नुपरे दीपाश्री निरौला अघि सर्न थालेको निकै भइसक्यो। उनका अनुसार १६ वर्षसम्म गाईजात्राको प्रहसन कार्यक्रममा सहभागी भएर धेरैलाई व्यंग्यवाण प्रहार गरिसकिन्। रेडियो नेपालको …दिन प्रतिदिन’ कार्यक्रमबाट सुरु भएको उनको व्यंग्य यात्रा …अनुभव बटुलेर मर्नुपर्छ’ भनेर गाईजात्रामा पुगेको हो। …मिठो अनुभव भयो,’ गाईजात्राको कार्यक्रममा जोडिन पाउँदाको उनको अनुभव छ। कुराकानीकै क्रममा एउटा…

Read More
Back To Top