Fri. Apr 19th, 2024

सामाजिक नियम नमान्नुलाई नेपालीमा दादागिरी भनिन्छ । अब ट्राफिक नियम नमानेर उल्टै बक्तब्यबाजी गर्नेलाई चाहिँ ‘दिपकगिरी’ भने हुने भएको छ । अघिल्लोे एक वर्षदेखि ‘मापसे’ले धेरैलाई आतंकित पारेको छ । ड्रिंक गरेर ड्राइभ गर्दा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले लागू गरेको ‘मापसे’बाट कलाकर्मी पनि अछुतो रहेनन् । अभिनेता भुवन केसीदेखि दीपकराज गिरीसम्म ‘मापसे’मा परे । उनी मापासेमा परेको तर लाइसेन्स लिन ट्राफिकको जनचेतना कक्षा नलिएको हुनाले लाइसेन्स पाएनन् । को–को कलाकार मापसेमा परे भनेर समाचार बाहिरियो । त्यसपछि दीपकराजले कक्षा लिनुको सट्टा ‘मापसे’ विज्ञप्ति नै निकाले । आम जनमानसमा भ्रम सिर्जना गर्ने समाचार पे्रषित गरेको भन्दै दीपकले रोष प्रकट गरे । तर, पनि लाइसेन्स फिर्ता पाएनन् । उनले अन्ततः मापासे सचेतना कक्षा लिनुप-यो । यति गर्नै थियो भने उनले बक्तब्यबाजी नग-या भए हुन्थ्यो । बेकार ट्राफिकले पछिसम्म भन्ने भए, ‘ट्राफिक नियम पालन नगरेर दीपकगिरी नगर्नुस् ।ु

%d bloggers like this: