Thu. Apr 25th, 2024

अचेल सेन्सर बोर्ड अलि कडा छ । विशेषगरी बेड सिन देख्नै नसक्ने सेन्सरको आँखा यो हप्ता सुषमा कार्कीको वक्षमा प-यो ? फिल्म ‘राजनीति’मा गरेको आइटम डान्समा वक्षमा खोपाएको ट्याटु आधा देखियो । निर्देशक वसन्त निरौलाका अनुसार सूर्यजस्तै देखिने ट्याटुले नेपाली झन्डाको अपमान गरेको कुरामा सेन्सरले आपत्ति जनायो । निर्देशक निरौलाले व्यक्तिगत रहरले बनाएको ट्याटुलाई फिल्ममा जोडेर इस्यू नबनाउन आग्रह गरेपछि फिल्मले पिजी सर्टिफिकेट पायो । बेला–बेला विवादित बन्ने सेन्सर बोर्डको अप्रासंगिक लफडा यतिमै सकिएको छ । बरु सेन्सरका पदाधिकारीको ‘बुद्धि’को उपयोग चुनाव नजिकिँदै गर्दा एमाले पार्टीले गरे हुन्छ । ब्रान्ड एम्बेसडर नै बनाइदिए पनि भो ? चुनाव चिन्ह नै ट्याटु खोपाएकाले उनीभन्दा गतिलो चुनाव प्रचारक भेटिने सम्भावना नहोला । माओवादीले अर्की हट अभिनेत्री रेखा थापालाई चुनावमा उठाउन खोजेका बेला काउन्टर पनि हुन्छ ।

%d bloggers like this: