Fri. Apr 26th, 2024

टेलिफिल्म ‘दलन’ जर्बजस्त अभिनय देखाएर अभिनेत्रीका रुपमा देखिएकी दिया मास्केले निकै कम फिल्ममा अभिनय गरेकी छिन् । तर, उनी फिल्मकर्मीले बनाउने ‘चल्तिका हिरोइन’को सूचीमा पनि पर्दिनन् । यो वर्ष उनी अभिनीत जम्मा दुइटा फिल्म रिलिज भए । दुइटै फिल्म नेपालका तर्फबाट ओस्कार अवार्डमा भाग लिन पाउने मापदण्ड भित्र पर्ने खालका परेछन् । जसले फिल्म युनिटका अरु सदस्यको क्षमता पनि दर्शाउला तर दियाको दम प्रस्टै देखाएको छ । ‘मैले त मेहनत गरेकै हुँ नि, स्क्रिप्ट झुर थियो, निर्देशक गतिलो परेन’ जस्ता कुरा ल्याएर गनगन गर्नेका अघि स्क्रिप्ट रोज्न पनि औकात चाहिन्छ भन्ने दीयाले देखाइदिएकी छिन् । ओस्कारका लागि आवेदन दिने चारमध्य ‘साँघुरो’ र ‘सुनगाभा’मा दियाले मुख्य भूमिकामा अभिनय गरेकी थिइन् । तीमध्य ‘सुनगाभा’ले नेपालको तर्फबाट ओस्कारमा सहभागीता जनाउने अनुमति पाइसकेको छ । यही फिल्मको पत्रकार सम्मेलनमा उपस्थित दीयाले भनिन्, ‘काम गरेपछि त्यसको मूल्यांकन हुँदो रहेछ ।’ फिल्म ‘फिटकिरी’पछि कुनै फिल्म हातमा नलिएकी उनले स्पष्ट पारिन्, ‘जस्तो पायो त्यस्तै फिल्ममा अब त झन् काम गर्दिनँ ।
 
diya

%d bloggers like this: