Thu. May 9th, 2024

काठमाडाैँ । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् र एक गीता’को सेन्सर पास भएको छ । मंगलबार सेन्सर पास भएसँगै उक्त फिल्मले यूनिभर्सल सर्टिफिकेट पनि पाएको छ ।

यूनिभर्सल सर्टिफिकेटले यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने अनुमति दिने गर्छ। सञ्चार तथा प्रविधि मन्त्रालयमा निर्देशक झरना थापा र  निर्माता सुनिल कुमार थापाले फिल्म प्रदर्शनको सर्टिफिकेट लिएका थिए ।

यसभन्दा अघि विभिन्न धार्मिक संगठनले फिल्मको नाममा विरोध जनाएपछि परिवर्तन गरेर ‘एक भगवत् र एक गीता’ राखिएको हो । फिल्म भदाै २९ गतेबाट रिलिज हुँदैछ ।

झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

%d bloggers like this: