Thu. May 9th, 2024

काठमाडाैँ । झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट देशैभरका हलहरूमा यो फिल्मको प्रदर्शन सुरू भएको हो ।

‘एक भागवत र एक गीता’ मा विपिन कार्की, धीरज मगर, सुहाना थापा, कवीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर र धीरज ठाकुरको पनि अभिनय छ ।

सुनीलकुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेतृ सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेल र कृष्णको पटकथा रहेको चलचित्रमा परिच्छेद र पुरुषोत्तमले संवाद लेखेका हुन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनीलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको सङ्गीत तथा शङ्कर अधिकारी घायलको शब्द रचना रहेको छ ।

फिल्म देशभरका हल तथा मल्टिप्लेक्समा उच्च शो पाएको छ । त्यस्तै, फिल्मको पहिलो शो नै सबै हलमा हाउसफुल प्रदर्शन भइरहेको छ ।

Leave a Reply

%d bloggers like this: