Thu. May 9th, 2024

काठमाडाैँ । पछिल्लो समय बलिउड फिल्महरूले कमाइको मामिलामा बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेका छन्।

‘पठान, गदर २, रकी ‌‌‌और रानीकी प्रेम कहानी, ओ माइ गड २’ लगायत बलिउड फिल्महरूले घरेलु बक्स अफिसमा तहल्का मच्चाइरहेका छन्।

यी फिल्मका दबदबाबीच रिलिज भएको आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल २’ लाई पनि दर्शकहरूले खुबै रूचाएका छन्। सामाजिक सञ्जालहरूमा यो फिल्मको प्रशंसा भइरहेको छ।

यति मात्र होइन, यो फिल्म रिलिज भएको ३ दिनमै आफ्नो बजेट उकासिसकेको छ। यो फिल्म ३५ करोड भारूमा बनेको हो।

हिन्दी फिल्म बजार विश्लेषक तरण आर्दशका अनुसार फिल्मले भारतीय बक्स अफिसमा ३ दिनमा ४० करोड ७१ लाख भारू कमाइ सकेको छ।

१० करोड ६९ लाखमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १४ करोड २ लाख र तेस्रो दिन १६ करोड भारू कमाएको हो।

राज शान्दिल्या लिखित तथा निर्देशित फिल्म ‘ड्रिम गर्ल २’ मा एकता कपूर र शोभा कपूरको लगानी रहेको छ।

फिल्ममा आयुष्मानसँगै अनन्या पाण्डे, परेश रावल, अनु कपूर, विजय राज, राजपाल यादव, सीमा पहवा, गोवर्धन अस्रानी, अभिषेक बनेर्जी, मन्जोत सिंह, मनोज जोशी, अनुशा मिश्रालगायत कलाकारको अभिनय छ।

आयुष्मान खुराना र भूमि पेडनेकरको मुख्य भूमिका रहेको फिल्म ‘ड्रिम गर्ल’ लाई दर्शकले रूचाएका थिए। यो फिल्म बक्स अफिसमा हिट सावित भएको थियो।

नेपालमा पनि ‘ड्रिम गर्ल २’को चर्चा दिनदिनै बढिरहेको छ । वितरक गोविन्द शाहीले फिल्मले उत्साहजनक व्यापार गरिरहेको र व्यापारको अवस्था अझै सुध्रिँदै जाने बताएका छन् ।

नेपाली फिल्म वितरण गरिरहेका शाहीको यो दोश्रो बलिउड फिल्म हो । गत हप्ता उनले ‘घूमर’ फिल्ममार्फत बलिउड फिल्म वितरणमा डेब्यु गरेका हुन् ।

 

Leave a Reply

%d bloggers like this: