Fri. Mar 29th, 2024

काठमाडौं । चलचित्र विकास बोर्डले रातको समयममा चलचित्र प्रदर्शन नगर्न निर्देशन दिएको छ । राज्यले तोकेको समयमा मात्रै सिनेमा प्रदर्शन गर्न बोर्डले निर्देशन दिएको छ ।

बिहान ६ बजेदेखि प्रदर्शन सुरु गरेर राति ११ बजेसम्म प्रदर्शन समाप्त गरिसक्नुपर्ने बोर्डले जनाएको छ । अन्यथा कारबाही गरिने बोर्डको चेतावनी छ ।

यदि, यो बाहेकको समयमा सिनेमा प्रदर्शन गर्नु परे सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट लिखित स्वीकृति लिनुपर्नेछ । र, उक्त स्वीकृतिको जानकारी बोर्ड, राजश्व कार्यालय र करदाता सेवा कार्यालयलाई गराउन पनि बोर्डले सूचना जारी गर्दै निर्देशन दिएको छ ।

Leave a Reply

%d bloggers like this: