Thu. Apr 25th, 2024

काठमाडाैँ । नयाँ वर्षदेखि प्रदर्शन भइरहेको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले बम्पर ओपनिङ गरेको छ । फिल्मले रिलिजको पहिलो दिन नै ८८ लाखको व्यापार गर्न सफल भएको छ ।

यस फिल्मले भारतीय फिल्म केजिएफ २ सँग प्रतिष्पर्धा गरिरहेको छ । सोही फिल्मको चेपुवामा पर्ने अधिकांशको आकलनलाई ए मेरो हजुर ४ ले विफल पारिदिएको छ ।

वितरक गोविन्द शाहीले फिल्मले सुरूवाती दिनमा उपत्यकामा ४६ लाख र उपत्यका बाहिर ४२ लाखको व्यापार गरेको जानकारी दिएका छन् ।

शाहीका अनुसार आइतबार देखी चलचित्रको सो हरू पनि बढाउने तयारी रहेको छ ।

यो फिल्ममा अहिले झन दर्शकहरूको क्रेज बढ्दै गएको छ । अहिलेसम्मका सबै शोहरू हाउसफुल भएका छन् ।

झरना थापाको निर्देशनमा बनेको चलचित्रमा अनमोल केसी , सुहाना थापा, सलोन बस्नेत, सरोज खनाल लगायतका कलाकारहरूको अभिनय छ ।

Leave a Reply

%d bloggers like this: