Thu. Mar 28th, 2024

काठमाडाैँ । नेपाली फिल्म ‘ए मेरो हजुर–४’ वैशाख १ गते अर्थात् नयाँ वर्षबाट देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको यो फिल्मको क्रेज दोश्रो दिनमा थप बढ्दै जाँदा तेश्रो दिन पनि उस्तै हुने अनुमान गर्न सकिन्छन् ।

नयाँ वर्षदेखि नै प्रदर्शनमा आएको भारतीय फिल्म केजिएफको चेपुवामा यो फिल्म पर्ने अनुमान गरिएको थियो । तर, ठीक विपरित यो फिल्मले ठूलो संख्यामा दर्शक तान्न सफल भयो । अहिले पनि हाउसफुल हुँदै फिल्म चलिरहेको छ ।

यो फिल्म झरना थापाको निर्देशनमा बनेको हो । यस फिल्ममा अनमोल केसी, सुहाना थापा, सरोज खनाल लगायत कलाकारहरूको अभिनय रहेको छ ।

लभ रोमान्स जनरमा बनेको यो फिल्मले लभ स्टोरीलाई भने उत्कृष्ट ढंगबाट प्रस्तुत गरेको छ । अनोल र सुहानाको अभिनयले ठूलो तारिफ बटुलिरहेको छ ।

अहिले ए मेरो हजुर ४ ले भारतीय केजिएफ २ सँगले प्रतिस्पर्धा गरिरहेको छ । यस्तो अवस्थामा दर्शकहरूले यो फिल्मलाइ ठूलो सपोर्ट गरिरहेका छन् ।

फिल्मको समग्र पक्ष केलाउँदा फिल्म उत्कृष्ट बनेको छ । भारतीय फिल्मको दबदबा रहँदा पनि किन हेर्ने त नेपाली फिल्म ‘ए मेरो हजुर ४ ‘ ? यस्ता छन् कारणहरूः

१. उत्कृष्ट लभस्टोरी 

फिल्म रोमान्स जेनरमा बनेको छ । फिल्मका मुख्य पात्र अनमोल केसी र सुहाना थापाको प्रेमम्बन्धलाइ उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको छ । प्रिमियरका धेरै कलाकारहरूले फिल्ममा उठान गरिएको स्टोरीले बारबार रूवाएको प्रतिक्रिया दिएका थिए । निर्देशक झरना थापाले कलात्मक ढंगले यस फिल्ममा लभ स्टरी प्रस्तुत गरेकी छन् ।

 

२. अनमोल र सुहानाको तारिफयोग्य अभिनय  

नायक अनमोल केसीले धेरै फिल्ममा अभिनय गरेता पनि सुहाना थापाले भने भर्खर नेपाली फिल्ममा पाइला सार्दैछिन् । यद्यपी, उनको यो नै पहिलो फिल्म भने होइन । पछिल्ला फिल्महरूमा अनमोल केसीको अभिनयमा सँधै प्रश्न उठाइन्थ्यो । तर, यस फिल्ममा उनको अभिनयको खुलेरै प्रशंसा भएको छ । अनमोलको साथसाथै सुहाना थापाको अभिनयको पनि प्रशंसा उत्तिकै छ । फिल्ममा उनीहरूको केमेस्ट्री देख्न सकिन्छ ।

३. नेवारी कला संस्कृतिको प्रवर्द्धन

अहिले  नेपाली फिल्महरू पनि विदेशीको प्रभावले गर्दा आधुनिताको नाममा कलासंस्कृतिबाट टाढा भाग्दै गरेका छन् । तर, यो फिल्ममा भने काठमाडाैँका रेथाने नेवारी कला तथा संस्कृतिको प्रवर्द्धनको प्रयास गरेको छ । फिल्ममा धेरै ठाउँमा नेवारी संस्कृतिलाइ देखाइएको छ । त्यसैगरी, फिल्ममा नेवारी भाषाको पनि प्रयोग हुँदा सुनमा सुगन्ध थपिएको छ ।

 

४. उत्कृष्ट संगीत

विशेषतः माया प्रेममा आधारित कथामा बनेका फिल्महरूमा संगीतले थप सुन्दरता थप्छन् । नायकनायिकाबिचको प्रेम दर्शाउन गीतको ठूलो भूमिका हुन्छ । यस गीतमा ‘फूलको थुंगा’, ‘सुन्तला’ तथा ‘तिमि र म’ लगायतका गीत छन् । ती सबै गीतहरू एकदम सन्दर्भले उपयुक्त ठहरिएका ठाउँमा राखिएका छन् । त्यस्तै, उत्कृष्ट शब्द, संगीत र  कोरियोग्राफीले फिल्ममा थप माधुर्यता प्रदान गरेका छन् ।

 

५. उदाउँदो कलालार्इ दिइएको स्थान 

र्यापर जि–बब नेपाली हिपहपमा उदाउँदो नाम हुन् । उनी अहिले नेपालीहरूमाझ लोकप्रिय छन् । उनले पनि यो फिल्ममा एउटा गीत गाएका छन् । उनले यो फिल्ममा पाएको स्थानले उनको अागामी करियरमा बुस्ट गर्न सहयोग गर्ने विश्वास गरिएको छ । उनले यस फिल्मका लागि गाएको ‘भागभाग’ गीतले युट्युबमा तहल्का नै मच्चाएको थियो ।

 

६. पर्यटकीय स्थानहरूको प्रवर्द्धन

यो फिल्मले नेपालका पर्यटीय क्षेत्रहरूलाई थप प्रवर्द्धन गरेको छ । भाैगोलिक रूपमा विकट मानिएको शे–फोक्सुण्डो तालमा पनि उत्कृष्ट तरिकाले भिडियोहरू खिचिएको छ । यसका लागि नायक नायिकाको प्रशंसा गर्नै पर्ने हुन्छ । यसका अलावा मनाङ, मुस्ताङ, पोखरा लगायत अरू क्षेत्रको प्रवर्द्धन पनि फिल्मले गरेको छ । उपत्यका बाहिरका मात्रै नभएर काठमाडाैँ भित्रकै एेतिहासिक स्थानहरूको पनि फिल्मले प्रवर्द्धन गरेको छ ।

Leave a Reply

%d bloggers like this: