Thu. Apr 25th, 2024

काठमाडाैँ । फिल्म ‘ए मेरो हजुर ४’ले आक्रामक व्यापार सुरू गरेको छ । प्रदर्शनको पहिलो दिन फिल्म आक्रामक शैलिमा उत्रिएको हो ।

आजबाट प्रदर्शन भएको फिल्म नेपालभरका हरेक हलहरूमा हाउसफुल रहेको छ । त्यस्तै, दर्शक क्षमताको आधारमा नेपालकै सबैभन्दा ठूलो अष्टनाराणय हलका हरेक शोमा दर्शकहरू भरिभराउ थिए ।

त्यसमाथि नायक अनमोल केसी र नायिका सुहाना थापासहित निर्माण पक्षहरू पुगेपछि फिल्महलको माहोल थप रोचक बनेको थियो ।

अाज कै दिनबाट नेपालमा बलिउड फिल्म केजिएफ–२ पनि रिलिज भएको छ । फिल्म रिलिजको दिन जुधेसँगै ‘ए मेरो हजुर–४’को प्रदर्शन मिति सार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा दबाब दिइरहेको थियो । तर, यो फिल्मले ठूलो साहस राख्दै रिलिज डेट सार्न मानेको थिएन र पूर्वनिर्धारित मिति मै फिल्म रिलिज भयो ।

‘ए मेरो हजुर-४’को र केजिएफ–२ को रिलिज डेट जुधेसँगै सामाजिक सञ्जालमा नेपाली फिल्म कै ट्रोलहरू भएका थिए । तर, अहिले दर्शकको बाक्लो उपस्थितिले ती सबैको मुख बन्द गरिदिएको छ ।

फिल्महरूमा दर्शकहरूको ठूलो उपस्थितिले नेपाली फिल्महरू पनि विदेशी फिल्मसँग प्रतिस्पर्धामा उत्रिन सक्छन् भन्ने सन्देश दिएको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको यस फिल्म लबस्टोरीमा केन्द्रित छ । यो फिल्ममा नायक नायिकाले गरेको अभिनयको चाैतर्फी प्रशंसा पाइरहेको छ ।

Leave a Reply

%d bloggers like this: