Sat. Apr 27th, 2024

काठमाडौं। अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को तेश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिमि र म’ बोलको गीतमा उदय राज पौडेलको स्वर रहेको छ। गीतमा शब्द तथा संगीत प्रतिक पौडेलको रहेको छ। गीतमा अनमोल र सुहानाको प्रेमिल जोडी देखिएको छ ।

झरना थापाद्वारा निर्देशित चलचित्रको कथा पनि झरना स्वयंमले नै लेखेकी हुन् । चलचित्रमा अभिनेत्री सुहानाले नेवार समुदायकी युवतीको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा कोको नाम गरेको कुकुरको पनि महत्वपूर्ण भूमिका देख्न सकिन्छ ।

चलचित्र सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । पटकथा र संवादमा उनलाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । चलचित्रमा अनमोल,सुहाना,सलोनको साथमा सरोज खनाल,रवि गिरि,निर्मल शर्माको पनि मुख्य अभिनय रहेको छ। प्रेमकथामा बनेको चलचित्र आगामी नयाँ बर्षको अवसरमा बैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ।

Leave a Reply

%d bloggers like this: