Thu. Apr 25th, 2024

काठमाडाैँ । फिल्म ’ए मेरो हजुर ४’ का गीत तथा ट्रेलरहरू युट्युबबाट हटाइएका छन् । तर, गीत, ट्रेलर तथा टिजरहरू आधिकारिक व्यक्तिले नभइ अनधिकृत रूपमा हटाइएको हो ।

बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तय भएको फिल्मका गीत तथा ट्रेलर एएक्कासी हटेपछि निर्माण पक्षले नेपाली फिल्ममाथि गरिएको चलखेल भएको बताएको छ ।

बैशाख १ गतेदेखि नै नेपाली फिल्महरूहरूमा दक्षिण भारतीय फिल्म केजिएफ–२ पनि प्रदर्शन हुँदैछ । नेपाली र दक्षिण भारतीय फिल्मको प्रदर्शन एकैदिन हुने भएपछि यसलाई भारतीय र नेपाली फिल्मको प्रतिस्पर्धाका रूपमा हेरिएको थियो ।

तर, एक्कासी गीत र ट्रेलरहरू गायब हुँदा निर्माण पक्षले भने फिल्मलाई असफल बनाउने चलखेल गरिएको दाबी गरेको छ । निर्माण पक्षको उच्च स्रोतले कसैले ह्याक गरी यी कन्टेन्टहरू हटाइएको दाबी गरेको छ ।

फिल्मकी निर्देशक झरना थापाले केही दिनअघि एक मिडियासँग कुरा गर्दै यो फिल्मले दक्षिणा भारतीय फिल्म केजिएफसँग प्रतिस्पर्धा गर्ने भन्दै रिलिज डेट नसार्ने बताएकी थिइन् ।

यसभन्दा अघिका सिक्वेलहरूले राम्रो व्यापार गरेकाले यो सिक्वेलबाट पनि ठूलो अपेक्षा गरिएको थियो । तर, सानो बजार भएको नेपाली इन्डस्ट्रीमा नै फिल्म असफल पार्न चलखेल सुरू भएको छ ।

दक्षिण भारतीय ब्लगबस्टर फिल्मसँग प्रतिस्पर्धा गर्ने आँट गरेको नेपाली फिल्मलाइ साथ दिनुपर्नेमा अझ खुट्टा तान्न खोजिएको छ । बजार अनुसार ठूलो लगानीमा निर्माण भएको नेपाली फिल्मले आफ्नै बजारमा तिरस्कार खेप्नु परिरहेको छ ।

युट्युबमा यो फिल्मको अफिसियल ट्रेलर, टिजरका साथै ‘सुन्तला’ र ‘फूलको थुंगा’ गीत सार्वजनिक भएका थिए । लाखाैँ भ्युज पाएका यी कन्टेन्टहरू एक्कासी गायब हुँदा निर्माण पक्षमा चिन्ता सुरू भएको छ ।

Leave a Reply

%d bloggers like this: