Thu. Mar 28th, 2024

काठमाडाैँ । र्यापर बालेन शाहले हिन्दी फिल्म  रिजिल हुने दिन नै रिलिज डेट राखेर ‘ए मेरो हजुर ४’ले ठूलो साहस गरेको बताएका छन् ।

शनिबार फिल्ममा लिड रोल गरेका अनमोल कसी र सुहाना थापासँग भेटेका उनले ए मेरो हजुर ३ ले विदेशी फिल्महरूको चाङका बिच पनि राम्रो व्यापार गर्न सफल भएको प्रशंग उल्लेख गर्दै नेपाली फिल्मलाइ साथ र सहयोग दिन अपील समेत गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘ नेपाली फिल्मको डेट राख्नेबेला सधैँ निर्माताहरु भारतिय फिल्म हेर्ने गर्छन्। त्यसको दुइ हप्ता तलमाथी गरेरमात्र राख्ने गर्ने गरेको पाइन्छ । त्यसै बिच निक्कै सफल ए मेरो हजुर सिरिजको चौथो चलचित्रले आफ्नो फिल्म घोषणा गरिसके पछि विदेशी फिल्म आयो तर ए मेरो हजुर ४ सर्न नमानी उहीँ समयमै आउने साहस गरेको छ । निक्कै नै खोजिएको दुई ठुला फिल्म बिच रिलिजको घोषणाले फिल्म क्षेत्र तरङ्गित भएको छ । तर सामाजिक संजालमा नेपाली केही बर्गले यसरी ए मेरो हजुरलाई गाली गरि राखेको छन् कि मानौँ तिनिहरुले गर्दा नै नेपालमा नाकाबन्दी भएको हो भनेर । कसैले केही गर्न खोज्छ भने मौका दिने अनि सबैको अस्तित्वलाई स्वीकार्ने बानी हामीले सधैँ अगाडि बढाउनु पर्छ । ए मेरो हजुर ३ रिलिजबेला नि येस्तै अवस्था थियो । एक हप्ता पहिले ठूलो नेपाली फिल्म थियो भने त्यहि हप्ता ४ ओटा अंग्रेज़ी फिल्म साथै ठूलो नेपाली फिल्म नि रिलिज भएको थियो भने त्यो त्यसको अर्को हप्ता निक्कै ठूलो मानिएको हिन्दी फिल्म रिलिज भएको थियो । येस्तो चेपको बिचपनि ए मेरो हजुर ३ ले लगभग ८ करोड जतिको व्यापार गर्न सफल भएको थियो ।’

आगामी बैशाख १ गतेबाट देशभर ‘ए मेरो हजुर ४’ प्रदर्शन हुँदैछ । सोही दिन सफल दक्षिण भारतीय फिल्म केजिएफको दोश्रो सिक्वेल केजिएफ-२ पनि रिलिज हुँदैछ । यी २ फिल्मलाइ एकआपसमा प्रतिस्पर्धाको रूपमा मानिसहरूले व्याख्या गरिरहेका छन् ।

Leave a Reply

%d bloggers like this: