Tue. Mar 19th, 2024

काठमाडौं । सरकारले सपिङ मल, जिम र सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेकाे छ । कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय भएकाे सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय थियाे । सरकारले यसअघि नै शैक्षिक संस्था बन्द गरिसकेको छ भने सार्वजनिक स्थानमा २५ जना भन्दा बढीलाई भेला हुन रोक लगाएको छ । त्यस्तै राजनीतिक भेला, महोत्सव र सम्मेलनहरुमा प्रतिबन्ध लगाएको छ ।

Leave a Reply

%d bloggers like this: