Tue. Mar 19th, 2024

काठमाडौं। गायन रियालिटी शो ‘द भ्वाइस अफ किड्स नेपाल’को उपाधि जेनिश उप्रेतीले जितेका छन् । शनिबार साँझ सम्पन्न ग्राण्ड फिनालेमा आफ्ना ७ जना फाइनालिस्टलाई पछि पार्दै जेनिशले उापधि हात पारेका हुन् ।

उनले उपाधिसहित नगद १५ लाख प्राप्त गरेकी छन् । उपाधि जितेपछि जेनिशले भने, ‘मैले आफ्नो बुबाआमाको सपना पूरा गरेको छु ।’

हिमालय टेलिभिजनबाट प्रसारित ‘द भ्वाइस अफ किड्स नेपाल’मा गायक प्रमोद खरेल, गायिका मिलन नेवार, प्रविशा अधिकारी र राजु लामा निर्णायक रहेका थिए ।

Leave a Reply

%d bloggers like this: