Tue. Mar 19th, 2024

काठमाडौँ । बायर्न म्युनिख तथा पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की सन् २०२१ को बेस्ट फिफा अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । ६९ गोल गरेका ३३ वर्षीय खेलाडीले लगातार दोस्रो वर्ष यो उपाधि जितेका हुन् ।

लिभरपुलका मोहमद शलाह र पेरिस सेन्ट जर्मेनका लियोनेल मेस्सीलाई पछि पार्दै लेवानडोस्कीले उपाधी जितेका हुन् । लेवान्डोस्कीले हालैमात्र गर्ड मुलरको बुन्डेस लिगामा एकै वर्षमा सबैभन्दा धेरै गोल गर्ने ४९ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए । उनले ३४ खेलमा ४३ गोल गर्न सफल भएका थिए ।

यस्तै चेल्सीलाई च्याम्पिन्स लिगको उपाधि दिलाएका प्रशिक्षक थोमस टुकलले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते । चेल्सीकै एडुवार्ड मेन्डी उत्कृष्ट गोलकिपर बने । डेनमार्कको राष्ट्रिय टोलीले बेस्ट फिफा फेयर प्ले अवार्ड पायो भने इमा हेयस वर्षको उत्कृष्ट महिला खेलाडी चुनिइन् । एरिक लामेलाले उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड प्राप्त गरे ।

रोनाल्डोलाई सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता भएको अवसरमा विशेष अवार्ड दिइएको थियो । २०२१ मा रोनाल्डोको प्रदर्शनलाई सम्मान गर्दै फिफाले विशेष अवार्ड दिएको बताएको छ ।

यस बर्ष ३६ वर्षिय रोनाल्डोले पुरुषको अन्तर्राष्ट्रिय गोलकर्ताको सूचीमा नयाँ किर्तिमान बनाउदै यस अघि इरानमा अलि दाइँको रेकर्डलाई तोडेका थिए । रोनाल्डोले अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलमा ११५ गोल गरेका छन् ।

पोर्चुगलका लागि ११५ गोल गरेका रोनाल्डोले क्लब फुटबलमा कुल ६८७ गोल गर्दै आफ्नो क्यारियरमा अहिलेसम्म ८०२ गोल गरेका छन् । रोनाल्डोले आफ्नो क्यारियरमा स्पोर्टिङ सीपी, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसबाट खेल्दै यो नयाँ किर्तिमान बनाएका हुन् ।

Leave a Reply

%d bloggers like this: