Tue. Mar 19th, 2024

काठमाडाैँ । अनमोल केसी र सुहाना थापाको रोमान्स रहेको फिल्म ‘ए मेरो हजुर–४’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४४ सेकेन्डको टिजरमा फिल्मका दुई मुख्य पात्र अनमोल र सुहाना बीचको प्रेम, रोमान्स र विछोडका आयम समेटिएको छ ।

सन् २००२ मा शिव रेग्मीको निर्देशन बनेको हिट फिल्म ‘ए मेरो हजुर’ चौथो श्रृंखलाको रुपमा यो फिल्म निर्माण भएको हो । आगामी वैशाख १ गते सार्वजनिक प्रदर्शन हुने फिल्म झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।

सुहाना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म झरनाकै श्रीमान् सुनिलकुमार थापाले निर्माण गरेका हुन् । फिल्मको यसअघि चैत्र २५ लाई प्रदर्शन मिति तोकिएको थियो । सो मिति पोष्टपोन्ड गर्दै निर्माण युनिटले फिल्म वैशाख १ गते पुर्याएको हो ।

Leave a Reply

%d bloggers like this: