Fri. Mar 29th, 2024

काठमाडाैँ । फिल्म ‘घुइँचो’ निर्माण घोषणा भएको छ । सोमबार बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो । दीपेन्द्र लामाको निर्देशन रहने फिल्म रामजी दैलेखीले निर्माण गर्न लागेका हुन् ।

सामाजिक कथावस्तुमा बन्न लागेको फिल्ममा एलिजा गौतम र कुन्साङ बम्जनको मुख्य भूमिका रहनेछ । यसअघि ‘घामपानी, गोपी, छ माया छपक्कै’ जस्ता फिल्म निर्देशन गरेका दीपेन्द्रले फिल्मको कथाले गाउँदेखि अमेरिकाको कथा भन्ने बताए । उनले फिल्म उत्कृष्ट बनाउने कोसिस आफ्नो रहने उनले सुनाए ।

कार्यक्रममा अभिनेत्री गौतमले फिल्मको कथाले मन तानेको बताइन् । माघको अन्तिम साताबाट फ्लोरमा निस्कने फिल्मको अन्य कलाकार र प्राविधिक छिट्टै फाइनल गरेर शुभमुहूर्त गर्ने निर्माता दैलेखीले जानकारी दिए ।

Leave a Reply

%d bloggers like this: