Fri. Apr 26th, 2024

काठमाडाैँ । पछिल्लो समय नेपालमा रियालिटी शोको बाढी नै आएको छ । दिन प्रतिदिन यस्ता शो थपिन थालेका छन् । यस्तैमा इमेज टिभीले नयाँ रियालिटी शो ‘नेपाल्स सिङ्गीङ सुपरस्टार’ ल्याउने भएको छ । भ्वाइस स्टार नेपालसँगको सहकार्यमा इमेजले यो शो ल्याउन लागेको हो ।

संगीतिक क्षेत्रमा संघर्षरत गायक/गायिका तथा दूरदराजमा रहेका प्रतिभाले स्थान कार्यक्रममा मिल्ने शोका निर्देशक रवि श्रेष्ठले बताए । रविका अनुसार शोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरुको छनोट गरिनेछ । डिजिटल अडिसन पुसको पहिलो साताबाट खुल्ला हुनेछ । डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ ।

२५ श्रृंखलासम्म चल्ने प्रतिस्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउनेछन् । विजेताको घोषणा दर्शकले दिएको भोटका आधारमा हुने आयोजकले जनाएको छ ।

Leave a Reply

%d bloggers like this: