Wed. Apr 24th, 2024

काठमाडाैँ । ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुगेका लोकप्रिय गायक जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज निधन भएको छ ।
स्थानीय बयोधा अस्पतालमा उनको निधन भएको हो । उनि ७८ वर्षका थिए । उनि संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गायक टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताउँदै शोक प्रकट गरेका छन् । प्रधानमन्त्रीले स्वर्गीय कलाकारको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

Leave a Reply

%d bloggers like this: