Fri. Mar 29th, 2024

काठमाडाैँ । नवल खड्का र शंकर कार्कीले संयुक्तरुपमा निर्देशन गर्ने फिल्म ‘काँडेतार’ निर्माणको घोषणा भएको छ । मंगलबार फिल्मको मुख्य अभिनेतामा गौरव पहारी अनुबन्धित गर्दै नवल खड्काले फिल्म निर्माणको घोषणा गरेका हुन् ।
निर्देशक खड्काको समेत मुख्य अभिनय हुने फिल्ममा रविन्द्र रञ्जन झाको समेत मुख्य अभिनय हुनेछ । नेपाल र भारतको सीमालाई व्यवस्थापन गर्नुपर्ने कथावस्तुसहितको फिल्म ‘काँडेतार’ निर्माणको घोषणा भएको निर्माणपक्षले जनाएको छ ।
निर्देशक खड्काका अनुसार फिल्ममा ‘दुई मुलुकबीचको खुला सीमालाई सिल गर्नुपर्छ भन्ने मुख्य कथावस्तु हो । यसले मान्छे र माटोको सम्बन्धका साथै दुई देशबीचको सम्बन्ध कायम हुनेछ । सामना फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा करिब डेढ करोड बजेटमा निर्माण हुनेछ ।
फिल्मको छायांकन कोरोना कहर अलिक कम भएपछि गर्ने योजना निर्माण पक्षको छ । यसअघि निर्देशक खड्काले सीमा समस्यामा आधारित फिल्म ‘दशगजा’ निर्माण गरेका थिए ।

Leave a Reply

%d bloggers like this: