Sat. Apr 20th, 2024

काठमाडौंँ । सौरभ राईको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘गुराँस’को स्क्रिप्टले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको ‘होबर्ट बल्स फन्ड’ जितेको हो ।
नेपालमा यो फिल्म आइसफल प्रोडक्सनले निर्माण गर्न लागेको हो । आइसफल प्रमुख रामकृष्ण पोखरेलले फिल्मले फष्ट जितेको बताए । ‘गुराँस’सँगै ब्राजिल, थाइल्यान्ड, कजाकस्तान लगायत १० देशका फिल्मलाई समेत सो अवसरमा फन्ड उपलब्ध गराएको थियो ।
पोखरेलका अनुसार कालिम्पोङ मुल थलो भएको नेपाली भाषी सौरभको यो दोस्रो फिचर फिल्म हो । यसअघि उनले निर्देशन गरेको ‘निम्तो’ ले मुम्बई फिल्म फेस्टिभलको सबैभन्दा ठूलो पुरस्कार ग्रान्ड प्राइज जितेको थियो । विश्वका थुप्रै फिल्म फेस्टिभलमा छनोट भएका थिए ।
निर्माता पोखरेलले फिल्मको दुई वर्षदेखि काम भइरहेको र हुबर्ट बल्सको फन्डसँगै यसले गति पाउने बताए । फिल्ममा आइसफलसँगै क्राउलिङ एन्जलको पनि निर्माणमा साझेदारी रहनेछ । आइसफलले यसअघि निर्माण गरेको फिल्म ‘ऐना झ्यालको पुतली’ प्रदर्शनको पर्खाइमा छ । सुजित बिडारीको निर्देशन रहेको यो फिल्म दक्षिण कोरियाको बुसानको मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो ।

Leave a Reply

%d bloggers like this: