Thu. Apr 18th, 2024

एजेन्सी । हालै सलमान खान अभिनित ‘राधे’ विभिन्न डिजिटल प्लेटफर्मबाट रिलिज भयो ।
यहि भिडमा अभिनेता सैफ अलि खान, अर्जुन कपुर र ज्याकलिन फर्नाडीज अभिनित हरर कमेडी फिल्म ‘भुत पुलिस’ ओटिटि प्लेटफर्म मार्फत रिलिज हुने भएको छ ।
हलमा रिलिज गर्ने भनिएको फिल्म अव ओटिटि मार्फत रिलिज गर्ने निर्माण पक्षको तयारी रहेको छ । फिल्मका निर्माता रमेश तौरानीले फिल्मलाई फिलम हलमा रिलिज नगर्ने बताएका छन् ।
कोरोना भाइरसका कारण विश्वका धेरै ठाउँका हलहरू बन्द भएका छन् । यस्तो अवस्थामा रिलिजको तयारीमा रहेका फिल्महरू वैकल्पिक बाटो ओटिटिमार्फत प्रदर्शन भइरहेका छन् ।

Leave a Reply

%d bloggers like this: