Wed. Apr 24th, 2024

एजेन्सी । हलिउड अभिनेता, कमेडियन तथा लेखक पल मुनीको निधन भएको छ । ७९ वर्षका मुनीको क्यालिफोर्नियामा हृदयघातको कारण निधन भएको हो । मुनीका एजेन्ट हेलेन शोले उनको निधनको पुष्टि गरेका छन् । ‘सानदार अभिनेता तथा प्रतिभाशाली कमेडियनको हृदयघातको कारण निधन भएको छ’ हेलेन शोले भनेको छ ।
मुनीका परिवारले पनि ट्वीट मार्फत मृत्युको पुष्टि गरेका छन् । मुनीले सुरुमा क्यालिफोर्नियाको ओकल्याण्डमा सर्कसको रिंगमास्टरको कमेडियनको रुपमा आफ्नो व्यवसायिक करियर सुरु गरेका थिए । पछि कमेडीको अलवा लेखनको काम पनि सुरु गरेका थिए ।
नस्लवाद र आमेरिकी जीवनको विषयमा गरेको तिखो विचारका कारण मुनीलाई स्ट्यान्ड अफ कमेडीमा एक सम्मानित व्यक्तित्वको रुपमा उभ्याएको थियो । ‘रिचर्ड प्रायर : लाइव अन द सनसेट स्ट्रिप’ र ‘द रिचर्ड प्रायर शो’ सबैभन्दा बढी कमेडीमा हिट हुनुको पछाडिको कारण लेखक मुनी नै मानिन्छन् ।

Leave a Reply

%d bloggers like this: