Fri. Apr 26th, 2024

काठमाडाैँ । फिल्म ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको निधन भएको छ । उनको कोरोनाका कारण भारतको एक अस्पतालमा निधन भएको हो । उनी निषेधाज्ञाभन्दा अगाडि फिल्मको तयारीका लागि नेपालमा थिए । पितालाई कोरोना संक्रमण भएपछि गत चैतमा भारत फर्किएका उनको शुक्रवार उपचारको क्रममा निधन भएको हो ।
प्राप्त जानकारी अनुसार, निर्देशक चोपडाको पिताको पनि कोरोनाका कारण निधन भइसकेको छ । उनी फिल्मको तयारीका लागि यही बैशाख १६ गते नेपाल आउने तयारीमा थिए । तर, त्यही बेला कोरोना संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए । ‘माइतीघर २’ को कथा उनी स्वयंले लेखेका हुन् । निर्देशक चोपडाको निधनप्रति अनमोल केसीले गहिरो दुःख व्यक्त गरेका छन् ।

Leave a Reply

%d bloggers like this: