Mon. Apr 29th, 2024

काठमाडाैँ । देशभरका फिल्म हलहरू पुनः बन्द हुने भएका छन् । सोमबारको मन्त्रीपरिषदको बैठकको निर्णय अनुसार देशभरका फिल्म हलहरू पुनः बन्द हुने भएका हुन् ।
पछिल्लो वर्ष कोरोना महामारीका कारण चैतको पहिलो हप्तामा नै लकडाउन भएपछि फिल्महल पूर्ण रूपमा बन्द भएका थिए । सरकारले सबै क्षेत्रहरू विस्तारै खोलेता पनि फिल्महल  सञ्चालन गर्न ढिलो गरेको थियो । जसका कारण फिल्म हलहरू पुषको अन्तिम साताबाट मात्रै पुनः सुचारू भएका थिए ।
करीब ५ महिनाको अवधिमा देशभर जम्मा २ वटा नयाँ फिल्म रिलिज भए । रिलिज डेट कुरेर बसेका ‘लप्पन छप्पन २’ र ‘प्रेम गीत ३’ प्रदर्शन हुनै पाएनन् । अब फेरी तीनै फिल्महरू सरकारको निर्णयको मारका परेका छन् । अहिलेसम्म मिति तोकेर भीडभाड नियन्त्रय गर्न नखोजिएका कारण फिल्महल कहिले खुल्ने भन्ने यकिन छैन ।
त्यस्तै, नयाँ वर्षमा नयाँ फिल्मको मज्जा लिन पर्खिरहेका दर्श्कहरू पनि पुनः निराश भएका छन् ।
सोमबार बिहानको बैठकबाट सरकारले भीडभाड हुने क्षेत्रहरू फिल्महल, विद्यालय, रेष्टुरेन्ट, दोहोरी साँझ लगायतका क्षेत्रहरूमा कडाइ गर्ने निर्णय गरेको छ । सोही अनुसार फिल्म हलहरू पुनः बन्द हुँदैछन् । खुल्ने निश्चित छैन ।

Leave a Reply

%d bloggers like this: