Fri. Mar 29th, 2024

काठमाडाैँ । नेपाल जारी ट्राइ नेसन्स टि२० सिरिज प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार मलेसिया र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा टुंगिएसँगै नेपालको फाइनल यात्रा सुनिश्चित भएको हो ।
बुधबारको खेल वर्षाले प्रभावित खेलमा डक्वार्ड लुइस मेथडको प्रयोग गरिएको थियो । जसमा १२० रनको लक्ष्य बोकेर मलेसियाको टोली ब्याटिङका लागि उत्रिएको थियो ।
तर, पुनः वर्षाले खेल प्रभावित भएपछि खेल १० ओभरमा झारियो । उक्त ओभरमा ९२ रनको लक्ष्य पच्छ्याएको मलेसिया ९१ रनमात्रै बनाउँन सफल हुँदा खेलमा अंक बाडिँन पुग्यो ।
नेपालले बिहीबार मलेसियासँगै अन्तिम खेल खेल्नेछ । यस अघिका २ खेलमा नेपालले ९-९ विकेटको जीत हात पारेका छ भने मंगलबार खेलमा ३ विकेटले पराजित भएको थियो ।
नेदरल्याण्ड्ले २ खेलमा जीत, १ खेल बराबरी र एक खेलमा पराजय व्यहोर्दै ५ अंक बटुलेको छ । त्यसैगरी नेपालले २ खेलमा जीत र एक खेलमा हार सहित ४ अंक बटुलेको छ ।
भोली हुने मलेसियासँग खेलमा जित हासिल गरे नेपाल तालिकाको पहिलो स्थानमा रहँदै फाइनल खेल्नेछ ।

Leave a Reply

%d bloggers like this: