Wed. May 15th, 2024

काठमाडाैँ । फिल्म ‘बाबरी क्याफे’को छायांकन सुरू भएको छ । नायिका अदिती वुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी क्याफे’को छायांकन आजबाट सुरु भएको हो ।
फिल्मको सुरूवात देशको पूर्वी भाग लेटाङबाट सुरू गरिएको निर्माण पक्षले जानकारी दिएको छ । फिल्म छायांकनका लागि निर्माण पक्ष सम्पूर्ण युनिटसहित आइतबार नै लेटाङ गएका थिए ।
बाबरी फिल्मस्को प्रस्तुतिमा तयार हुन यो चलचित्रको छायांकन लेटाङ, बुधबारे र सिक्किममा हुनेछ । २ साता नेपालमा चलचित्रको छायांकन गरेपछि सिक्किम प्रस्थान गर्ने तयारीमा यसको निर्माणपक्ष छ । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा धिरज र अदितीको साथमा धिरज टोटलानी, तृत्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

Leave a Reply

%d bloggers like this: