Thu. May 2nd, 2024

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँगै बायाँ हाते ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।
धोनी र रैनाले शनिवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । धोनी सन् २०१९ मा इंग्ल्यान्डमा भएको एकदिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध अन्तिम पटक खेलेका थिए । रैनाले भारतबाट अन्तिम पटक २०१८ जुलाईमा इंग्ल्यान्डविरुद्ध खेलेका थिए ।
धोनीले सन्न्यास लिएसँगै आफूले पनि लिएको रैनाले जनाएका छन् । धोनीले इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका थिए । यी दुबै खेलाडी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिलए) को लागि चेन्नई सुपर किंग्सको भारतमा हुने ६ दिनको प्रशिक्षणमा रहेका छन् ।
रैनाले ३३ वर्षको उमेरमा भारतीय टोलीबाट सन्न्यास लिएका हुन् ।
भारतीय क्रिकेट टोलीमा विराट कोहली सन् २०१७ मा सिमित ओभरको कप्तान बनेसँगै रैना टोलीको रणनीति बाहिर परेका थिए । रैनाले भारतीय टोलीबाट १८ टेष्ट, २ सय २६ ओडिआई र ७८ टि२० आई खेलेका छन् । रैनाले टेष्टमा श्रीलंकाविरुद्ध सन् २०१० टेष्टमा डेब्यु गरेका थिए । ओडिआईमा रैनाले सन् २००५ मा श्रीलंकाविरुद्धनै डेब्यु गरेका थिए । सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध रैनाले टि२० आईमा डेब्यु गरेका थिए ।

Leave a Reply

%d bloggers like this: