Thu. Apr 25th, 2024

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।
धोनीले शनिबार इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका हुन् । धोनीले टेष्टबाट सन् २०१४ मै सन्न्यास लिएका थिए । उनले सिमित ओभरको कप्तानी सन् २०१७ मा छोडेका थिए । शनिबार उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै घरेलु क्रिकेटमा भने केहि समय खेल्ने घोषणा गरेका हुन् ।
धोनी विगत १३ महिनायता भारतीय टोली बाहिर थिए । धोनीले पछिल्लो पटक गतवर्ष इंग्ल्यान्डमा भएको एक दिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए । उक्त खेलमा ५० रनमा रन आउट भएसँगै धोनी भारतीय टोलीमा थिएनन् ।
धोनीले सन् २००४ मा बंगलादेशविरुद्ध ओडिआईमा डेब्यु गरेका थिए । धोनीले सन् २००५ मा श्रीलंका विरुद्ध टेष्ट र २००६ मा दक्षिण अफ्रिकाविरुद्ध टि२० आईमा डेब्यु गरेका थिए । धोनीले ९० टेष्टमा ६ शतक र ३३ अर्ध शतक सहित ४ हजार ८ सय ७६ रन बनाएका छन् ।
उनले ३ सय ५० ओडिआई खेलमा २ सय ९७ इनिङमा ब्याटिङ गर्दै १० शतक र ७३ अर्ध शतक सहित १० हजार ७ सय ७३ रन बनाएका छन् । ९८ टि२० आईमा १ हजार ६ सय १७ रन बनाएका छन् ।
धोनीले आफ्नो कप्तानीमा भारतीय क्रिकेटलाई नयाँ उचाईमा पुर्याउँदै विश्वकै एक उत्कृष्ट टोली र लोकप्रिय बनाउन सफल भए । विश्वकप च्याम्पियन धोनी विश्वकै एक उदाहरणीय कप्तान, फिनिसर र विकेटकिपर हुन् । धोनी आइसिसीको एक दिवसिय विश्वकप, टि२० विश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि जित्ने एक्लो कप्तान हुन् ।
 

Leave a Reply

%d bloggers like this: