Fri. Mar 29th, 2024

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको दुई महिना भएको छ । तर, जब उनको मृत्युबारे छानबिन सुरु गरिएको छ, तब नयाँ नयाँ जानकारीहरु आउन थालेका छन् ।
भारतको केन्द्रीय जाँच ब्युरोले गरेको अनुसन्धानअनुसार अब उनको घरबाट नयाँ तथ्य दिने कागजातहरु बरामद पनि भएका छन् । यसलाई त्यहाँको प्रहरीले महत्वपूर्ण पनि भनेको छ ।
भारतको जाँच निकाय इडीका अनुसार जुन फ्ल्याटमा सुशान्तकी पूर्वप्रेमिका तथा अभिनेत्री अंकिता लोखन्डे बस्ने गरेकी छिन्, त्यसको पैसा सुशान्तको एकाउन्टबाट काटिने गरेको थियो । सुशान्तको बैंक खाताबाट काटिने यो फ्ल्याट पनि उनकै नाममा भएको खुलेको छ ।
योसँगै पछिल्लो समय सुशान्तको खाताबाट अत्यन्त धेरै पैसा खर्च भएको विषय आइरहेको पनि थप विवादमा आउन थालेको छ । उनको सबैभन्दा धेरै पैसा चाहिँ उनकी गर्लफ्रेन्ड रिया चक्रवर्तीले प्रयोग गरेको आरोप लाग्न थालेको छ।

farakdhar

Leave a Reply

%d bloggers like this: