Sat. Apr 20th, 2024

नयाँ कार्यसमिति चुन्नका लागि हुने भनिएको चलचित्र निर्माता संघको चुनावको मिति पछि सर्दै गएको छ । देशभर कोरोना भाइरसको प्रकोप बढेसँगै यो चुनावको मिति पनि पर सर्दै गएको छ ।
गत साल चैतमा नै हुने भनिएको चुनावलार्इ लकडाउनले असर गरेपछि मिति सारिएको थियो । अब कोरोनाको जोखिम बढ्दै गइरहेको अवस्थामा चुनाव हुने मितिमा अन्योल भएको सहजै अनुमान गर्न सकिन्छ  ।
चुनावको मिति सरेता पनि अध्यक्ष पदमा हुने उम्मेद्वारी दर्ता तथा अध्यक्षको दाबेदारी गर्ने अवस्था भने उत्तिकै रहेको छ ।
त्यसैगरी कलाकार तथा निर्माता गोविन्द शाहीले पनि अध्यक्ष पदमा गतिलो दाबेदारी प्रस्तुत गरेका छन् । फिल्ममा  अभिनय, निर्माण तथा वितरणमा समेत उनको उत्कृष्ट योदान रहेका कारण उनलार्इ प्रत्यासी अध्यक्षको रूपमा लिइएको छ  ।
दुइ कार्यकाल कार्य समिति सदस्यमा रहेक शाही, संघको बर्तमान निर्वाचित उपाध्यक्ष समेत हुन् । उनले नेपाली फिल्म बजारमा कैयन उत्कृष्ट फिल्म दिएका छन् भने फिल्ममा नयाँ अायाम ल्याउने प्रयास समेत गरेका छन् ।
लिलिबिली र लभ स्टेशन विदेशी भूमिमा मात्रै सुटिङ गरेर उनले नयाँ अायाम दिएका थिए भने फिल्मले वाहवाही पनि पाएका थिए ।  त्यसैगरी कहाँ छाैँ कहामा उनको अभिनयको थुप्रै तारिफ समेत भएको थियो ।
यसरी फिल्ममा अभिनयदेखि फिल्म निर्माण तथा वितरणमा समेत उनको महत्वपूर्ण योगदान रहेकाले चलचित्र निर्माता संघमा उनलार्इ अध्यक्षको गतिलो दाबेदारको रूपमा समेत हेरिएको छ ।

Leave a Reply

%d bloggers like this: