Thu. Apr 18th, 2024

गायक दुर्गेश थापाको गीत ‘बिच्च बिच्चमा’ले गत वर्ष निकै सफलता पायो । यसै गीतको सफलता पछि थापाले ‘बिच्च बिच्चमा २’ सार्वजनिक गरेका छन् । सार्वजनिक भएको चाैथो दिनमा नै यस गीतले १२ लाख भन्दा बढी दर्शक पाएको छ ।
गायक थापाको स्वरमा ‘बिच्च बिच्चमा २’ को एउटा फोटो खिच बोलको गीतको भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो ।
गीतमा गायक थापाकै शब्द तथा सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा दुर्गेश थापा सहित जीवन शाहनी क्षेत्री, जीवी चिरन, दिपाशा बिसी, अस्मिता जुरेली, टिका जैसी, सविता राई, यिनी विष्ट, शिल्पा खड्का लगायतको अभिनय रहेको छ । हरितालिका तीज, कोरोना, लकडाउन र देशको राजनीतिक अवस्थालाई खोतल्ने प्रयास गरिएको गीत को भिडियो शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । भिडियो अर्जुन तिवारीले खिचेका हुन् । भिडियो दुर्गेशले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

Leave a Reply

%d bloggers like this: