Fri. Mar 29th, 2024

विवेक घिमिरे निर्देशन गरेको चलचित्र ‘चिनी कम रङ्ग कडा’ अमेजन प्राइम भिडियो मार्फत रिलिज भएको छ । हाल अमेरिका र बेलायतमा मात्र हेर्न मिल्ने गरी चलचित्र रिलिज गरिएको हो । गीत र टिजर सार्वजनिक भइसकेको चलचित्र नेपालमा भने केही समयपछि प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जङ्ग थापा, सूर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत कलाकारको अभिनय रहेको छ । गणेश देव पाण्डेको निर्माण तथा लेखन रहेको चलचित्र मानव सुवेदीको सङ्गीत छ भने सुशील सुबेदीको शब्द रहेको छ । ‘चिनी कम रङ्ग कडा’मा याचोपो रचलिक र लुका मौचेरीको छायाङ्कन , कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

Leave a Reply

%d bloggers like this: