Wed. Apr 24th, 2024

बलिउडमा विजुलीको बिललाई लिएर विवाद बढिरहेको छ । केही दिन अघि अभिनेत्री तप्सी पन्नु र हुमा कुरेशीले बिजुलीको बिल बढी आएको भन्दै सामाजिक संजालमा आक्रोश पोखेका थिए । अब बलिउडका अर्का अभिनेता अर्शद वारसी पनि यसको शिकार भएका छन् ।
सामाजिक संजाल ट्वीटर मार्फत वारसीले विजुलीको बिल एक लाख रुपैयाँ आएको बताएका छन् । अडानी इलेक्ट्रिसिटीले एक लाख भारतीय रुपैयाँको विजुलीको बिल दिएको र यसको चुक्ता गर्न आफूले पेन्टिङ विक्रीमा राखेको उनले जानकारी दिएका छन् । अर्को महिना पनि विजुलीको बिल बढीमा आएमा तिर्नका लागि आफूले मृगौला बेच्नुपर्ने वारसीको भनाइ छ ।
 
 

merofilm.com

Leave a Reply

%d bloggers like this: