Fri. Apr 19th, 2024

बलिउड फिल्म ‘तानाजीः द अनसंग वारियर’को ट्रेलर रिलिज भएको छ । बलिउड अभिनेता अजय देवगनको ‘तानाजीः फिल्म द अनसंग वारियर’ एक बायोग्रापिकल पीरियड ड्रामा फिल्म हाे ।

देवगन फिल्ममा छत्रपति शिवाजी महाराजको सुबेदार मालसुरे भुमिकामा प्रस्तुत भएका छन् । फिल्मको निर्देशन ओम राउतले गरेका हुन् । यो फिल्म अजय देवगनको १०० औ फिल्म हो। फिल्ममा अजयसँगै काजोल र सैफ अली खान र शरद केल्कर लगायतका अन्य कलाकारहरुले पनि अभिनय गरेका छन् ।

सैफ उदय भानको भुमिकामा देखिएछन् भने काजोल सावित्री मालुसरेको भुमिकामा देखिएकी छिन् । फिल्म जनावरी १० अर्थात पुस २५ गते देखि प्रदर्शनमा आउदैछ ।

news24nepal.tv

Leave a Reply

%d bloggers like this: