Sun. Apr 28th, 2024

आज शुक्रबारबाट फिल्म मिस्टर नेपाली र सम्हाली राख है रिलिज भएको छ । फिल्म मिस्टर नेपालीमा नायक भूवन केसी, रीमा विश्वकर्मा, बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोल , नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ । उक्त फिल्ममा नायक भूवन केसी दोहोरी भूमिकामा देखिदैछन् ।

हिमाल केसीको एक्सन रहेको फिल्ममा सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ । देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त फिल्मको छायांकन नवलपरासी र काठमाण्डौमा गरिएको छ । फिल्मले विदेशमा रहेका नेपालीहरुको नेपालप्रतिको मायालाई झल्काउने छ । प्रेमराज दाहालको लगानी रहेको फिल्मका प्रोडक्शन डिजाइनर गणेश सापकोटा हुन् ।

यस्तै तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्म सम्हाली राख है लाई हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । शंकर कार्कीको प्रस्तुतिमा निर्माण भएको फिल्ममा अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । श्यामकृष्ण महर्जन सह निर्माता रहेको फिल्ममा आर एल मोक्तानकै पटकथा तथा सम्वाद रहेको छ । फिल्मका मुख्य सहायक निर्देशकमा सुमन चापागाईँरहेका छन् ।

filmyfanda.com

Leave a Reply

%d bloggers like this: