Sat. May 4th, 2024

काठमाडौं ।
नेपालको चर्चित गायन रियालिटी शो- नेपाल आइडल सिजन २ मा धेरै नै चर्चा कमाएका नरेश पातलीले औपचारिक संगीतिक यात्रा सुरु गरेका छन । यस क्रममा उनको पहिलो गीत पनि सार्वजनिक भएको छ । ‘गलफ्रेण्ड’ बोल रहेको उक्त गीत शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी युटुबमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा पातलीकै स्वर रहेको छ । त्यस्तै संगीतकार बादल घिमिरेको शब्द र संगीत रहेको छ । उनलाई काठमाडौं आएर गीत रेकर्डिङ गर्ने व्यवस्था पनि बादल घिमिरेले नै गरेका हुन ।
गीतको भिडियो पनि तयार गरिएको छ । जसमा स्वयम पातती, बादल घिमिरे, सिवानी कार्की र जसोदा कार्कीले अभिनय गरेका छन । भिडियोको निर्देशन क्रान्ति केसीले गरेका छन ।
https://www.youtube.com/watch?v=Y3HsnNg1jw4

Leave a Reply

%d bloggers like this: