Sun. Apr 28th, 2024

काठमाडाैं ।
सामाजिक सञ्जाल फेसबुकमार्फत चरित्रहत्या गरेको आरोपमा बरिष्ठ कलाकार देशभक्त खनाललाई मंगलवार प्रहरीले पक्राउ परेको छ । फेसबुकमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई लक्षित गर्दै उनले स्टाटस लेखेका थिए ।
अध्यक्ष बोगटीले आफ्नो चरित्र हत्या हुने गरि स्टाटस लेखेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा कलाकार खनाललाई प्रहरीले पक्राउ गरेको हो । अहिले उनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
कलाकार खनालले फेसबुकमा ‘कलाकार संघको रामकेशर बोगटी जग्गा दलाल मात्र होईन भू-माफिया र भयानक ठग पनि हो । यस्ता ठगहरू नेपाल चलचित्र कलाकार संघको अध्यक्ष जस्तो गरिमामय पदमा एक मिनेट पनि बस्न सुहाउँदैन ।’ भनेर लेखेका थिए ।
कलाकार संघले समेत विज्ञप्ती जारी गर्दै कलाकार खनालको फेसबुक स्टाटसप्रति आपत्ति जनाएको छ । विद्युतीय इलेक्टोनिक कारोबार ऐन २०६३, संसोधन २०७२ को दफा ४७ (१) बमोजिमको कसुरमा १ लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजायको व्यवस्था छ ।

Leave a Reply

%d bloggers like this: