Sun. May 19th, 2024

काठमाडाैं।
भोली यस वर्षको सबैभन्दा ठूलो बक्सअफिस भिडन्त हुने अनुमान गरिएको छ । ‘प्रेमगीत’ स्टार अभिनेता प्रदीप खड्काको ‘रोज’ र अभिनेत्री पूजा शर्माको ‘रामकहानी’ एकसाथ प्रदर्शनमा आउँदैछ । दुई ठूला फिल्म एकसाथ रिलिज हुन लाग्दा हल संख्या र मल्टिप्लेक्समा शोजलाई लिएर धेरैको चासो हुनसक्छ ।
“रोज” फिल्मका वितरक गोविन्द शाही देशभरका ८० प्रतिशत हलमा ‘रोज’ले कब्जा जमाएको बताएका छन् ।सर्वाधिक सेयर प्राप्त हुने मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘रोज’ लाई एडभान्स बुकिङमा काठमाडौंका आउलेटमा १५ शोज उपलब्ध गराएको छ ।
अभिनेता प्रदीपको लोभलाग्दो क्रेजलाई मध्यनजर गर्दै क्यूएफएक्सले ‘रोज’ लाई केही बढी शोज उपलब्ध गराएको खबर छ । त्यसै गरि एफक्यूबले रोजलार्इ ४ शो उपलब्ध गराएको छ ।
फिल्म रोजको बारेमा बोल्दै वितरक शाहीले भने, “रोजले प्रमोशनका लागि गरेको शहरको कन्सर्टबाट फ्यानहरूलार्इ हलमा जान लालायित बनाएको छ । अाशा छ फिल्मले हाम्रो अाशा भन्दा धेरै माथिको सफलता हामीलार्इ प्रदान गर्ने छ । ”
नीरक पौडेल निर्देशित ‘रोज’ मा प्रदीपका अलावा परमिता आरएल राणा, मिरुना मगर र कर्मा शाक्य लिड रोलमा छन् । यो क्राइम/थ्रीलर जनराको फिल्म हो । यसमा प्रदीप अपराधीको भूमिकामा छन् ।

Leave a Reply

%d bloggers like this: