Tue. May 7th, 2024

काठमाडाैं ।
फिल्म प्रमोशनका लागि नेपालका प्रमुख शहरहरूको टुरमा निस्किएको फिल्म “रोज”ले काठमाडाैमा पनि अाफ्नो प्रस्तुति दिएको छ  ।फिल्मको प्रमोशनका लागि तयार पारिएको तालिका अनुसार फिल्म रोजले हिजो काठमाडाैंको बालाजुमा प्रस्तुति दिएको हो ।
फिल्म प्रमोशन गर्न अायोजना गरिएका विभिन्न स्थानहरूमा जस्तै रोजले काठमाडाैंमा पनि समर्थकको उल्लासमय साथ पनि पाएको छ । फिल्मले हिजोको प्रस्तुतिसँगै टुरको पनि समापन गरेको छ ।

पोखरा, बुटवल तथा चितवनमा जस्तै काठमाडाैंमा पनि रोजलार्इ साथ दिने फ्यानको कुनै कमी रहेन । बरू समर्थकले फिल्मलार्इ साथ दिन गरेको हर्कतले त निर्माता स्वयंलार्इ समेत अचम्मित पार्यो । रोजको कन्सर्ट हेर्न बालाजु पुगेका फ्यानहरू प्रदिपको अागमनसँगै उनी माथि अोइरो लाग्ने जस्ता हर्कत गर्न थाले । भिडमा प्रदिप प्रति पोखिएको फ्यानको मायालार्इ धान्न सुरक्षाकर्मीलार्इ समेत हम्मे हम्मे पर्यो ।
स्टार प्रदिप खड्कालार्इ भेट्न गरेका हर्कत त छँदै छ अझ त्यस माथि उनलार्इ कन्सर्टमा साथ दिन खोज्दा बेहोस नै भएर लड्ने युवतिहरूको प्रदिप मोहले नै फिल्मले बक्स अफिसमा नयाँ छाप छोड्ने अाँकलन सुरू भर्इ सकेको छ ।
गोपि कृष्ण मुभिजको ब्यानरमा निर्मित स्टार नायक प्रदिप खड्काको फिल्म ” रोज ” भोलि शुक्रबारबाट देेशभर प्रदर्शनमा अाउँदै छ ।
 

Leave a Reply

%d bloggers like this: