Sun. May 19th, 2024

काठमाडौँ,  ।
अमेरिका स्थित जनकवि दुर्गालाल श्रेष्ठ प्रतिष्ठानको तत्वावधानमा नेपालभाषा शर्ट फिल्म फेस्टिभल ने.सं.११३८ सम्पन्न भएको छ । विहीबार विहान विश्वज्योति हलमा सम्पन्न एक कार्यक्रममा उक्त महोत्सवमा सहभागी भएका सबै दश वटा फिल्मलार्ई प्रदर्शन गरिएको थियो ।
उक्त फेस्टिभलमा निर्देशक सुनिता राजभण्डारीको “हाःसः मदुगु (आवाज विहिन आवाज)” शर्ट फिल्म प्रथम, निर्देशक दर्शनबीर शाक्यको “द मिथ जिरो” दोस्रो र निर्देशक रामकृष्ण खडगीको“अस्तित्व” अनि पोखराका चलचित्रकर्मि यादवदास भोछी भोय्को “भकुंग्वारा ख्वाः (भकुण्डे भुत)” तेस्रो भएको छ ।
मानव अधिकारवादी नेता एवं आदीबासी आन्दोलनका अग्रज पद्मरत्न तुलाधर प्रमुख अतिथीत्वमा सम्पन उक्त कार्यक्रममा प्रमुख अतिथी तुलाधरबाट पुरस्कृतहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
प्रथम पटक आयोजित नेपालभाषा शर्ट फिल्म फेस्टिभलमा प्रथम स्थानमा रहन सफल चलचित्रलाई नगद ७५ हजार रुपैंयाको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो भने दोश्रो स्थानमा रहेको निर्देशक दर्शनबीर शाक्यको “द मिथ जिरो”लाई ५० हजार रुपैंयाको पुरस्कार प्रदान गरिएको थियो । यस्तै तेश्रो स्थानमा रहेका दुई वटा छोटा फिल्महरु निर्देशक रामकृष्ण खडगीको“अस्तित्व” र पोखराका चलचित्रकर्मि यादवदास भोछीभोय्को “भकुंग्वारा ख्वाः (भकुण्डे भुत)”लाई जनही नगद २५ हजार रुपैंया सहितको पुरस्कार प्रदान गरिएको थियो ।
साथै राकेश महर्जनको “म्हसीका(पहिचान)” , हर्के माइलाको “मांभाय् (मातृभाषा)”,कमलरत्न तुलाधरको “यांभाय् (दुर भाषा)”,सुरेन्द्र मानन्धरको “नेवाः झी नेवाः हे जुइ (नेवार हामी नेवार नै हौं)”,प्रज्वल शाक्यको “स्वचेतना” र पवन जोशीको “लिच्वः(परिणाम)” गरी दस वटा चलचित्रले भाग लिएको थियो भने सहभागी सबै चलचित्रहरुलाई जनही पाँच हजार रुपैंया प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो ।
आयोजक समितिका सदस्य साहित्यकार एवं सञ्चारकर्मी सुरेशकिरण मानन्धरले कार्यक्रमको मुल उद्देश्यमाथि प्रकाश पारेका थिए । आगामी वर्षको शर्ट फिल्म फेस्टिभलमा नेपाल भाषामा प्रकाशित साहित्यिक कृतिमा आधारित लघु फिल्मबीच प्रतिस्पर्धा गराउने कुराको पनि घोषणा गरे ।

Leave a Reply

%d bloggers like this: