Wed. May 1st, 2024

काठमाडाैं ।
केही दिन अघिमात्र अफिसियल ट्रेलर सार्वजनिक गरेको चलचित्र ‘बाबु कान्छा’ले प्रमोसन सुरु गरेको छ। प्रमोसनको पहिलो दिन मङ्गलवार चलचित्र युनिट काठमाडौँका दुई कलेजहरू हिमालयन र क्यारिबियन पुगेका थिए । कलेजमा चलचित्रका नायक सलोन बस्नेत, नायिका करिष्मा श्रेष्ठ, निर्देशक सोभित बस्नेत पुगेका थिए । त्यस्तै अर्का नायक आमेष भण्डारी पनि सलोनलाई साथ दिन कलेज पुगेका थिए । कलेजमा नायक सलोन बस्नेतले गीत गाउँदै रमाइलो गरेका थिए ।
सलोन नेपाली युवा दर्शक माझ लोकप्रिय नाम भएकाले पनि चलचित्र चल्नेमा निर्माण टिम ढुक्क छ । राजधानी प्रमोसन सकेर निर्माण टिम चाडै नै मोफसल प्रमोसनमा हिँड्ने जानकारी निर्माता र निर्देशक शोभित बस्नेतले दिएका छन् । चलचित्रमा कलेज पढिरहेका युवा युवतीको कथालाई उठाइएको छ । चलचित्रलाई शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा सलोन र करिष्माको साथमा निर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला,  ऋतिक शाही, सम्राट् सापकोटा, मन्जुर पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ तथा विक्रम कंडेल लगायतको अभिनय रहेको छ । यो चलचित्र असार २९ गतेबाट प्रदर्शनमा आउँदै छ ।

Leave a Reply

%d bloggers like this: