प्राप्त जानकारी अनुसार अनमोलले ’क्याप्स’ ब्रान्डको लुगाको एम्वेस्डर बन्दा महँगो पारिश्रमिक लिएका छन् । १ वर्षको कन्ट्रयाकमा अनमोल नेपालको लागी ’क्याप्स’को एम्वेस्डर बनेका हुन् । श्रोतका अनुसार अनमोलले १५ लाख बढी पारिश्रमिक लिएका छन् । कम्पनीले भने अनमोललाई कति पारिश्रमिक दिएको भन्ने बारे सिधा खुलाएको छैन । १५ लाख नै नेपाली कुनै पनि सेलिब्रेटीले हालसम्म ब्रान्ड एम्वेस्डर बन्दा लिएको पारिश्रमिक सर्वाधिक हुनसक्छ । चलचित्र क्याप्टेनको सेटमै पुगेर शनिवार ’क्याप्स’ ब्रान्डको तर्फबाट गौतम बैश्य र अनमोलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । गौतमले पछिल्लो क्रमको अग्र पङ्गतिको अभिनेता भन्दै अनमोललाई आफ्नो ब्रान्ड प्रवर्धकको रूपमा अनुबन्धन गराएको बताए । आकर्षक लुक्सका धनी अनि सर्वाधिक फ्यान फलोइङ भएका स्टार भएकै कारण आफ्नो ब्रान्डप्रति ग्राहक आकर्षणको लागी अनमोल पहिलो रोजाइ बनेको गौतमको भनाइ छ ।
सिनेपाटि