काठमाडाैं ।
बलिउड अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘गोल्ड’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा १९३६ मा भएको हक्की खेलको कथालाई देखाइएको छ l
चलचित्रमा अक्षय हक्की कोच ‘तपन दास’को भूमिकामा देखीएका छन् l रीमा काग्तीको निर्देशन र कथा रहेको चलचित्रलाई एक्सेल इनटरटेन्मेन्टले निर्माण गरेको हो । चलचित्रमा अक्षयको अलावा मोनी रोय, कुनाल कपुर, अमित सद, सन्नी काउसल, निकिता दत्त लगायत कलाकारहरूको अभिनय रहेको छ ।
